दफा
|
२०७३/७४
|
दफा २१
|
शुल्क दस्तुर तथा ब्याज मिन्हा:
आपूर्ति व्यवस्थामा पर्न आएकोअसहज परिस्थितिको कारण करदाताले बुझाउननसकेको आयबर्ष २०७१/७२ को आय विवरण र कर, आय बर्ष २०७२/७३को अनुमानित आय विवरण र पहिलोकिस्ताको कर, सम्बत्२०७२ साल साउन महिनादेखि फागुन महिनासम्मको अग्रिम करकट्टीको विवरण र कर, मूल्यअभिबृद्धि कर विवरण र कर,अन्तःशुल्क विवरण र अन्तःशुल्क, स्वास्थ्य सेवा कर, शिक्षा सेवाशुल्क र चलचित्र विकास शुल्कको विवरण तथा शुल्क सम्बत्२०७३ साल असोज मसान्तभित्र दाखिला गरेमा व्याज, थपदस्तुर, शुल्क तथा विलम्ब दस्तुर लाग्ने छैन ।
|
दफा २२
|
विलम्ब शुल्कमा लाग्ने महसुल छुट एवं खर्च कट्टी सम्वन्धीव्यवस्था:
सम्बत् २०७२ साल भदौ १ गतेदेखि फागुनमसान्तसम्म भन्सार कार्यालयबाट जाँचपास भएका मालवस्तुसमयमा पैठारी हुन नसकी विदेशी भूमिमा लागेकोविलम्ब शुल्क (डेमरेज), डिटेन्शन वा पार्किङ्ग शुल्क बापतको रकम भन्सारमूल्यमा समावेश गर्न छुट भएको भएत्यस्तो रकममा पैठारी हुँदाअसुल गर्नुपर्ने महसुल मिनाहा गरिएको छ । भन्सार मूल्यमासमावेश गर्न छुट भएकात्यस्ता खर्चको प्रमाणको आधारमा आयवर्ष २०७२÷७३ को आय विवरणमा खर्च कट्टी गर्न दिइनेछ ।
|
दफा २३
|
सहकारी संस्थालाई आयकर छुट सम्बन्धी व्यबस्था:
(१) आर्थिक बर्ष २०७१/७२ मा गठन भएका नगरपालिकामासञ्चालित बचत तथा ऋण सहकारी संस्थालाई उक्त आय बर्षमाआयकर ऐन, २०५८ बमोजिम लाग्ने आयकर छुटगरिएको छ ।
(२) उपदफा (१) बमोजिम छुट गरिएको आयकर बुझाईसकेका सहकारी संस्थाले आय बर्ष २०७२/७३ मा तिर्नु पर्नेकरमा सो कर मिलान गर्न पाउनेछन् । |
बजेटकाथप बिशेष ब्यबस्थाहरु
|
§ बार्षिक रु. एक करोड सम्मको कारोबार गर्ने साना तथा मझौला करदाताले लेखापरीक्षण गर्ननपर्ने व्यवस्था गरिएको छ । त्यस्ता करदाताले त्यस्तो आय विवरण आफै प्रमाणित गर्नु पर्नेछ ।
|
§ सेवा कारोबार तथा बस्तु तथा सेवा मिश्रित कारोबारको मुल्य अभिबृद्धि कर लाग्ने सीमालाई रु. दश लाख बाट बढाई रु. बीस लाख कायम गरिएको छ ।
| |
§ औद्योगिक प्रतिष्ठानको प्रदर्शनी कक्ष, बिक्रि कक्ष, पसल, होटल, र रेष्टुरेन्ट तथा बार लगायतका बस्तु तथा सेवाको बिक्रि गर्ने स्थानमा प्रदर्शन गरिने मुल्यमा मुल्य अभिबृद्धि कर सहितको मुल्य अनिबार्य अंकित गर्नुपर्ने ।
|
२०७३/७४ - आर्थिक ऐनका बिशेष ब्यबस्थाहरु
7:52 PM
0