२०७३/७४ - मुल्य अभिबृद्धि कर ऐन तर्फ

0

दफा
२०७२/७३
२०७३/७४
दफा ४(१)
पुरानो ब्यबस्था
नयाँ ब्यबस्था
कर अधिकृतको अधिकार क्षेत्रः (१) कर अधिकृतको अधिकार क्षेत्र नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
कर अधिकृतृतको अधिकार क्षेत्र: (१) कर अधिकृतको अधिकार क्षेत्र अर्थ मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ ।
दफा ८(२)
पुरानो ब्यबस्था
नयाँ ब्यबस्था
नेपाल वाहिरको दर्ता नभएको कुनै व्यक्तिबाट सेवा प्राप्त गर्ने दर्ता भएको वा दर्ता नभएको व्यक्तिले यो ऐन र यो ऐन अन्तर्गत वनेको नियम बमोजिम कर लाग्ने मूल्यमा भुक्तानीका वखत कर निर्धारण र असुल उपर गर्नु पर्नेछ ।
नेपाल बाहिरको कुनै व्यक्तिबाट सेवा प्राप्त गर्ने दर्ता भएको वा दर्ता नभएको व्यक्तिले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा भुक्तानीका वखत कर निर्धारण र असुल उपर गर्नु पर्नेछ ।
दफा १० (ख)
पुरानो ब्यबस्था
नयाँ ब्यबस्था
संयुक्त उपक्रमको दर्ता सम्बन्धी विशेष व्यवस्था:
संयुक्त उपक्रमको दर्ता सम्बन्धी विशेष व्यवस्था:
(१) कुनै दुई वा सोभन्दा बढी व्यक्तिले कुनै निश्चित अवधिका लागि तोकिएको कार्य गर्न संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) खडा गरेमा मूल्य अभिवृद्धि करमा अस्थायी रुपमा दर्ता हुनु पर्नेछ ।


(१) कुनै दुई वा सोभन्दा बढी व्यक्तिले कुनै निश्चित अवधिका लागि कर लाग्ने कारोवार गर्न संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) खडा गरेमा त्यस्ता व्यक्तिहरु दर्ता रहेका कार्यालय मध्ये कुनै एक कार्यालयको कर अधिकृतसमक्ष त्यस्तो संयुक्त उपक्रम अस्थायी रुपमा दर्ताको लागि निवेदन दिनु पर्नेछ ।


(२)    उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा कर अधिकृतले तोकिएको ढाँचामा दर्ता प्रमाण पत्र दिनु पर्नेछ ।
(२)  उपदफा (१) बमोजिम दर्ता भएका यस्ता संयुक्त उपक्रमले उपक्रम खडा गर्दा गरेको सम्झौतामा तोकिएको अवधि समाप्त भएपछि दर्ता खारेज गर्नु पर्नेछ ।
(३)    उपदफा (१) बमोजिम दर्ता भएको संयुक्त उपक्रमले त्यस्तोउपक्रम खडा गर्दा गरेको सम्झौतामा तोकिएको अवधि समाप्त भएपछि दर्ता खारेज गराउनु पर्नेछ ।

(४)    संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) मा संलग्न व्यक्ति आफु संलग्न रहेको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) को कर दायित्व भुक्तान गर्ने प्रयोजनका लागि संयुक्त वा छुट्टाछुट्टै रुपमा जिम्मेवार हुनेछन् ।
दफा ११(१) को खण्ड च
पुरानो ब्यबस्था
नयाँ ब्यबस्था
नभएको

मुल्य अभिबृद्धि करबाट खारेजी हुने नयाँ ब्यबस्था थप गरिएकोः
बिगत बाह्र महिनामा बस्तुको हकमा पचास लाख रुपैयाँ र वस्तु तथा सेवा मिश्रित कारोवारको र सेवाको हकमा बीस लाख रुपैयाँ करयोग्य कारोवार नपुगेको करदाता भएमा,
दफा ११(२)
पुराना ब्यबस्था
नयाँ ब्यबस्था
नभएको
उपदफा (१) को खण्ड (च) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ९ बमोजिम स्वेच्छिक रुपमा दर्ता भएका करदाताले आफ्नो दर्ता कायमै राख्न चाहेमा विगत बाह्र महिनाको अन्तिम विवरण साथ तोकिएको ढाँचामा दरखास्त दिएमा त्यस्ता करदाताको दर्ता कायमै रहनेछ ।
दफा २५ग
पुरानो ब्यबस्था
नयाँ ब्यबस्था
पुनः निर्यातमा कर फिर्ता हुने : कुनै बस्तु पुनः निर्यात भई परिवत्र्य मुद्रामा अग्रिम रुपमा भुक्तानी प्राप्त भएमा सम्बन्धित व्यक्तिले खरीदमा तिरेको मूल्य अभिवृद्धि कर बापतको रकम निजलाई फिर्ता दिइनेछ ।
पुन: निर्र्यातमा कर फिर्ता हुने: कुनै बस्तु पुनःनिर्यात भई परिवत्र्य मुद्रामा अग्रिम रुपमा भुक्तानीप्राप्त भएमा सम्बन्धित व्यक्तिले खरीदमा तिरेकोमूल्य अभिवृद्धि कर बापतको रकम निजलाई फिर्ता दिइनेछ । तर अनुसूची–१ बमोजिम कर फिर्ता सुविधालिएको कुनै वस्तु निर्यात वा पुनः निर्यात गर्दा यसदफा बमोजिमको कर फिर्ता सुविधा पाउने छैन ।
दफा २५घ
पुरानो ब्यबस्था
नयाँ ब्यबस्था
नभएको

कर फिर्ता नहुने: यस ऐनमा अन्यत्र जुनसुकै कुरालेखिएको भए तापनि यस ऐन बमोजिम फिर्ता लिनुपर्ने रकमकर अवधि समाप्त भएको मितिले तीनवर्षभित्र फिर्ताको लागि निवेदन नदिएमा फिर्ता हुनेछैन ।


Post a Comment

0Comments
Post a Comment (0)