नेपालमा आय तथा कर
निर्धारण सम्बन्धी व्यबस्था
आयकर ऐन २०५८ बमोजिम
कराधार (दफा ४)
- कुनै पनि
व्यक्तिलाई प्राप्त आय,
- कुनै आय
वर्षभित्र प्राप्त आय,
- कर
नलाग्ने आय भए सो रकम समावेश नगरी
- त्यस्तो
आयबाट आय आर्जन गर्न लागेको खर्च कट्टा गरी बांकी रहेको रकमलाई मात्र आय मानिने,
कर लाग्ने व्यक्ति
कुनै आय वर्षमा करयोग्य आय भएको व्यक्ति,
- गैरबासिन्दा
व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले कुनै आय वर्षमा विदेश पठाएको आय भए
सोमा तथा
- कुनै आय
वर्षको आय विदेशमा पठाउने गैरबासिन्दा व्यक्तिको नेपालमा अवस्थित विदेशी स्थायी
संस्थापन ।
- गैरबासिन्दा
व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा लाग्ने कर
विदेशी स्थायी संस्थापनले सो वर्षमा वितरण गरेको लाभांश रकम बराबर हुनेछ भन्ने
कुरा पनि ऐनले प्रस्ट पारेको छ । (ऐनको दफा–६८ को उपदफा–(३) र (४) बमोजिमको व्यक्ति),
- कुनै आय
वर्षमा अन्तिम रूपमा करकट्टी भई भुक्तानी आय प्राप्त गर्ने व्यक्ति । (दफा ३)
यो व्यवस्थाले करको आधारलाई बढी प्रस्ट्याउने प्रयास गरेको
देखिन्छ ।
आयका स्रोतहरू
आयकर ऐन, २०५८ ले मुख्यतः निम्न स्रोतबाट प्राप्त आयलाई कर प्रयोजनका
लागि आयमा समावेश गरेको छ (दफा– ५)
(क) व्यवसाय,
(ख) रोजगारी,
(ग) लगानी र
(घ) आकस्मिक लाभ
।
(क) आय गणनाः व्यावसायिक आयमा समावेशहुने रकमहरु
(दफा–७, २२, २४,२५, २६,
२७, २९,
३१ ५६, ६०) ।
- सेवा
शुल्क,
- व्यापारिक
मौज्दातको निसर्गबाट प्राप्त रकम,
- कुनै व्यक्तिको
व्यावसायिक सम्पत्ति वा व्यावसायिक दायित्वको निसर्गबाट प्राप्त खुद लाभ,
- व्यवसायको
ह्रासयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त गरेको रकम,
- व्यवसायका
सम्बन्धमा कुनै व्यक्तिबाट प्राप्त गरेको उपहार,
- व्यवसाय
सञ्चालनको सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरेबापत प्राप्त गरेकोे रकम,
- कुनै
व्यक्तिले प्राप्त गरेको रकम लगानीबाट हुने आयमा समावेश हुने प्रकृतिको भए तापनि
त्यस्तो व्यक्तिले आफ्नो व्यवसायसंग प्रत्यक्ष रुपमा सम्बन्धित भई लगानीबाट
प्राप्त गरेको रकम,
- निकाय
तथा हितधारीबीचको सम्बन्धको कारणले पाउने वा सामान्य बिमा व्यवसायबाट प्राप्त आयमा
समावेश गरिनुपर्ने अन्य रकमहरु,
क्रमशः व्यावसायिक आयमा समावेशहुने रकमहरू
- लेखांकनको
तरिकामा परिवर्तन गर्दाको कारणले आयमा समावेश गर्नुपर्ने हुन आएको रकम,
- लेखाको
तरिका र सिद्धान्तअनुसार आयमा समावेश गर्नुपर्ने रकमहरू,
- मुद्राको
मूल्यांकनको फरकको कारणले अर्थात् मुद्राको विनिमय दरमा वृद्धि भएको कारणले समावेश
गर्नुपर्ने रकमहरू,
- डुबेको
ऋण रकमहरूको रिभर्स वा मिनाहा भएका तर पछि असुलउपर भएका रकमहरू,
- दीर्घकालीन
करारअन्तर्गतको कार्यमा कार्य सम्पन्न प्रतिशतअनुसार प्राप्त रकम,
- कसैबाट
ऋण लिई प्रचलित दरभन्दा कम दरमा ब्याज भुक्तानी गरेको भए कम अर्थात् फरक भए जति
रकम,
- एउटा
व्यक्तिले भुक्तानी पाउनुपर्ने रकम अन्य व्यक्तिले भुक्तानी पाएको भए त्यस्तो रकम
अथवा समायोजित रकम,
- क्षतिपूर्ति
प्राप्त गरेको रकम,
- मुनाफा
तथा लाभमा समावेश गर्नुपर्ने अन्य रकमहरू ।
- तर छुट
पाउने रकम र अन्तिम रुपमा कर कट्टी हुने भुक्तानीहरु व्यवसाय सञ्चालनबाट भएको
मुनाफा र लाभको गणना गर्दा समावेश गर्नु नपर्ने ।
- रोजगारीबाट
भएको बाहेक सबै आयलाई व्यवसाय वा लगानीको आयमा समावेश । तर व्यवसाय वा लगानीको
सम्बन्धमा नभएको अन्य कुनै प्राप्ति भए आयमा देखाउनु पर्दैन । उदाहरणः कसैले
अपुताली पायो । तर कुनै फर्म वा कम्पनी नखोली अदृश्य रुपमा गरिएको आयलाई व्यवसाय
वा लगानीको आयका रुपमा देखाउने । जस्तैः कसैले कुनै एक व्यक्तिलाई कुनै फाइदा प‘¥याउनु कुनै अर्को व्यक्तिसंग व्यवहार मिलाई दिएबापत कुनै
आम्दानी भयो भने त्यस्तो आम्दानीलाई व्यावसायिक आम्दानीमा समावेश गरी आय र कर गणना
गर्नुपर्दछ । जस्तै– लमीको काम गरेबापत प्राप्त हुने आय ।
(ख) रोजगारी आयमा समावेश रकम÷आयहरू
(दफा–८, २४, २५,
२७, २९,
३०, ३१)
(क) ज्याला र तलब,
(ख) बिदाबापतको रकम,
(ग) अतिरिक्त समय काम गरेबापतको रकम,
(घ) शुल्क र कमिसन,
(ङ) रोजगारीको सिलसिलामा प्राप्त गरेको पुरस्कार, उपहार,
(च) बोनस,
(छ) अन्य सुविधाहरूबापतको भुक्तानी,
(ज) महङ्गी भत्ता,
(झ) जीवन निर्वाह खर्च, क्रमशः
(ग) लगानी आयमा समावेश हुने स्रोत÷आयहरू
(दफा–९, २४, २५,
२७, २९,
३०, ३१)
(क) लाभांश (अन्तिम रुपमा कर कट्टी नभएको मात्र),
(ख) व्याज (अन्तिम रुपमा कर कट्टी नभएको मात्र),
(ग) प्राकृतिक स्रोतबापतको भुक्तानी,
(घ) रोयल्टी (अन्तिम रुपमा कर कट्टी नभएको मात्र),
(ङ) लगानी बिमाबाट प्राप्त लाभ,
(च) भाडा (अन्तिम रुपमा कर कट्टी नभएको मात्र),
(छ) स्वीकृति प्राप्त नगरेको अवकाश कोषको हितबाट प्राप्त लाभ
वा स्वीकृत अवकाश कोषबाट गरिएको अवकाश भुक्तानी,
(ज) लगानीको गैरव्यावसायिक करयोग्य सम्पत्तिको निसर्गबाट
प्राप्त खुद लाभ,
(झ) अवकाश भुक्तानी र सो व्यक्तिका लागि जम्मा गरिएको
रकमसमेतको अवकाश योगदान भुक्तानी,
(ञ) भाडा,
(ट) मनोरञ्जन वा यातायात भत्ताबापतको रकमसमेतका कुनै पनि
व्यक्तिगत भत्ताका भुक्तानी,
(ड) निज वा निजको सम्बद्ध व्यक्तिले व्यक्तिगत प्रयोजनका
लागि गरेको खर्चको फछ्र्यौट वा सोधभर्नाबापत प्राप्त गरिएको भुक्तानी,
(ढ) रोजगारीका कुनै सर्तमा सहमति जनाएबापत गरिएको भुक्तानी,
(ण) रोजगारीको अन्त्य, नोक्सानी वा अनिवार्य अवकाशबापत गरिएको भुक्तानी,
(त) अवकाश भुक्तानी र रोजगारदाताले सो कर्मचारीका लागि अवकाश
कोषमा जम्मा गरेको रकमसमेतका अवकाश योगदान,
(थ) रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी, र(आ)आय गणनाका लागि रोजगारी आयमा समावेश हुने रकमहरु
(द) सवारी साधन सुविधाबापतको रकम, खाइपाई आएको वार्षिक तलब रकमको शून्य दशमलव ०.५ प्रतिशत, अन्य अवस्थामा सवारी साधनको बजार मूल्यको १ प्रतिशत रकम, क्रमशः
(ध) भवन वा आवास सुविधाबापतको रकम (खाइपाई आएको वार्षिक तलब
रकमको दुई प्रतिशत, २ प्रतिशत), कर्मचारीबाहेक
अन्यलाई घरबहाल लिई सुविधा उपलब्ध गराएको भए भाडाबापत घरभाडा भुक्तानी गरेको रकमको
प्रतिशत रकम ।
(न) घरको रेखदेख हेरचाह गर्ने वा हेरचाहकर्ता, भान्से, सवारी चालक, माली वा अन्य यस्तै घरेलुुु सहायकको सेवाबापतको रकम,
(प) खाना, जलपान वा मनोरञ्जनबापत प्राप्त रकम,
(फ) निवासस्थानमा जडान भएको धारा, बिजुली, टेलिफोनजस्ता सेवाबापत रोजगारदाताले तिरेको रकम,
(ब) रोजगारदातालाई प्रचलित ब्याजदरभन्दा कम दरमा ब्याज तिरेको
भए सो फरक वा कम तिरे जति रकम ।
(ञ) लगानीको ह्रासयोग्य सम्पत्ति निसर्ग गर्दा ह्रासयोग्य
सम्पत्तिको समूहमा भएका सम्पत्तिका लागि गरिएको खर्चहरु सहितको बाँकी मूल्यभन्दा
प्राप्त हुने आम्दानीहरु बढी भएमा सो बढी भए जति रकम, अर्थात् निसर्ग गर्दा वा हस्तान्तरण गर्दा प्राप्त आयमा
सम्पत्तिका लागि गरिएको खर्चहरु घटाई बचत हुन गएको रकम ।
(ट) लगानीका सम्बन्धमा प्राप्त गरेको उपहार,
(ठ) लगानीका सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरेबापत
प्राप्त गरिएका रकमहरु,
(ड) क्षतिपूर्ति प्राप्त गरेको रकम,
(ढ) संयुक्त स्वामित्वमा रहेको लगानीबाट प्राप्त गरेको रकम,
(ण) लेखांकनको तरिकामा परिवर्तन गर्दाको कारणले आयमा समावेश
गर्नुपर्ने हुन आएको रकम,
(त) लेखाको तरिका र सिद्धान्तअनुसार आयमा समावेश गर्नुपर्ने
रकमहरु,
(थ) मुद्राको मूल्यांकनको फरकको कारणले अर्थात् मुद्राको
विनिमय दरमा वृद्धि भएको कारणले समावेश गर्नुपर्ने रकमहरु,
(द) डुबेको ऋण रकमहरुको रिभर्स वा मिनाहा भएका तर पछि
असुलउपर भएका रकम,
(ध) प्रचलित ब्याजदरभन्दा कम दरमा ब्याज तिरेको भए सो फरक वा
कम तिरे जति रकम ।
(न) दीर्घकालीन करारअन्तर्गतको कार्यमा कार्यसम्पन्न
प्रतिशतअनुसार प्राप्त रकम,
(प) कसैबाट ऋण लिई प्रचलित दरभन्दा कम दरमा ब्याज भुक्तानी
गरेको भए कम अर्थात् फरक भए जति रकम,
(फ) एउटा व्यक्तिले भुक्तानी पाउनुपर्ने रकम अन्य व्यक्तिले
भुक्तानी पाएको भए त्यस्तो रकम अथवा समायोजित रकम,
(ब) मुनाफा तथा लाभमा समावेश गर्नुपर्ने अन्य रकमहरु ।
लगानी आयको गणना गर्दा समावेश गर्नु नपर्ने
१.
आयमा छुट पाउने रकम र अन्तिम रुपमा कर कट्टी हुने
भुक्तानी,
जस्तैः कुनै प्राकृतिक व्यक्तिले भुक्तानी
पाएको ब्याज, भाडा, लाभांश, स्वीकृति प्राप्त नगरेको अवकाश कोषको हितबाट प्राप्त लाभ
वा स्वीकृत अवकाश कोषबाट गरिएको अवकाश भुक्तानीमा भुक्तानी ।
|
रु
|
२.
त्यस्तो व्यक्तिले रोजगारी वा व्यवसायबाट आर्जन गर्ने आयको गणना गर्दा समावेश
गरिने रकमहरु ।
|
|
रोजगारीको निर्धारणयोग्य आय गणना
|
रु.
|
(क) चन्दा दिएको रकम (यदि भएमा) तोकिएको सीमासम्म (घटाउने)
(ख) अवकाश कोष योगदान रकम (यदि भएमा) तोकिएको सीमासम्म
(घटाउने)
|
रु.
रु
|
३.
करयोग्य आय रकम
(क) लगानी बिमा भए रु.बीस हजारसम्मको बिमा प्रिमियम
(ख) दुर्गम क्षेत्रको करदाता भए सो बापत छुट (घटाउने)
(ग) निवृत्तिभरण आय भए व्यक्ति । दम्पतीले पाउने छुटमा थप
२५ प्रतिशत (घटाउने)
|
रु.
रु.
रु.
रु.
|
कर दायित्व गणना
|
|
४.
कर गणना प्रयोजनका लागि बाँकी करयोग्य आय
(क) निर्धारित करयोग्य आयमध्येबाट व्यक्ति वा पारिवारिक छुट
पाउने रकममा १ प्रतिशतले (रोजगारी आयमा मात्र)
(ख) त्यसपछिको पहिले रु. १,००,००० मा १५ प्रतिशत
(ग) त्यसपछि बाँकी जतिसुकै भए पनि २५ प्रतिशतले
|
रु
रु
रु
रु
|
५.
जम्मा कर रकम
|
|
(क) औषधि उपचारबापतको कर मिलान भए (घटाउने)
(ख) स्रोतमा कर कट्टी भएको भए (घटाउने)
|
रु.
रु.
|
६.
करको खुद दायित्व
|
रु.
|
व्यवसाय वा लगानी आयबाट कट्टी गर्न पाइने खर्चहरु
- प्रशासकीय
तथा सञ्चालन खर्च दफा (१३, १४.१)
खर्च कट्टीसम्बन्धी विशेष
व्यवस्थाहरु
- ब्याज
कट्टीको विशेष व्यवस्था (दफा–१४.२)
- व्यापार
मौज्दातको लागतको खर्च कट्टी (दफा १५) (
- मर्मत
तथा सुधार खर्च (दफा १६)
- प्रदूषण
नियन्त्रण खर्च (दफा १७)
- अनुसन्धान
र विकास खर्च (दफा १८)
- सम्पत्तिको
ह्रास खर्च (दफा १९)
- नेकसानी
मिलान (२०)
कट्टी गर्न नपाइने खर्चहरु(दफा २१)
- घरेलु वा
व्यक्तिगत प्रयोजनका खर्च
- जरिवाना
र शुल्क
- छुट
पाउने रकमहरु प्राप्त गर्न भएको खर्च (दफा–१०)
- अन्तिम
रुपमा कर कट्टी गरिएका रकमहरु प्राप्त गर्न गरिएका खर्चहरु
- रु. पचास
हजारभन्दा बढीको नगद भुक्तान
- कुनै
निकायबाट गरिएको मुनाफाको वितरण
- कट्टी
गर्न पाउने भनेको बाहेक मिनाहा नहुने भनी किटानी नगरे पनि अरु कुनै खर्च ।
- पुँजीगत
प्रकृतिको खर्च वा विदेशी आयकर
व्यावसायिक आयमा छुट तथा सुविधाहरु
- कुनै
फर्म,
कम्पनी, साझेदारी तथा संगठित संस्थाका रुपमा दर्ता गरी कृषि व्यवसाय
गरी प्राप्त गरेको आयमा र भूमिसम्बन्धी ऐन, २०२१ को दफा–१२ को खण्ड घ) र (ङ) मा उल्लेख भएबमोजिमको जग्गामा कृषि
व्यवसायबाट प्राप्त भएको आयबाहेक अन्य कृषि आम्दानीमा कर लाग्दैन । दफा–११ ,क्रमशः
- सहकारी
ऐन,
२०४८ बमोजिम दर्ता भई सञ्चालन भएको कृषि वा वन पैदावारमा
आधारित रेशम खेती तथा रेशम उत्पादन, फलफूल खेती उत्पादन तथा फलफूल प्रशोधन, पशुपालन, डेरी उद्योग, कुखुरापालन, मत्स्यपालन, चिया खेती तथा प्रशोधन, कफी खेती तथा प्रशोधन, जडीबुटी खेती तथा प्रशोधन, तरकारीका बीउ–बिजन उत्पादन, मौरीपालन, मह उत्पादन, रबर खेती, कबुलियती वन, एग्रोफरेस्ट्री आदि व्यावसायिक वनसम्बन्धी व्यवसायहरुजस्ता
कृषि तथा वनजन्य उद्योगहरु, तरकारी भण्डारका लागि स्थापित शीत भण्डार, कृषिसम्बन्धी बीउ–बिजन, पशु आहार दाना, कीटनाशक औषधि, मल तथा कृषि औजार (यान्त्रिक शक्तिबाट चल्नेबाहेक) को
कारोबार गर्ने सहकारीको आयमा कर लाग्दैन ।
दफा ११.२
- त्यस्तै
गरी समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था वा संघको आय र संस्था वा संघले
वितरण गरेको लाभांशमा समेत कर लाग्दैन । मानौं सगरमाथा सहकारी संस्थाले एकातिर
डिपार्टमेन्ट स्टोर चलाएको छ भने अर्कातिर मौरीपालन, मत्स्यपालन, गोलभेडाबाट बन्ने जाम उद्योगमा पनि लगानी गरी बचत तथा
ऋणसम्बन्धी कारोबार गर्दछ भने यस अवस्थामा उक्त सहकारी संस्थाले डिपार्टमेन्ट
स्टोर तथा बचत तथा ऋणसम्बन्धी कारोबारको छुट्टाछुट्टै आयव्यय हिसाब निकाल्नुपर्दछ
। किनभने डिपार्टमेन्ट स्टोरबाट प्राप्त आयमा कर लाग्दछ भने बचत तथा ऋणसम्बन्धी
कारोबारको आयमा कर लाग्दैन ।
ग्रामीण समुदाय भन्नाले महानगरपालिका, उपमहानगरपालिका, तथा ती क्षेत्रसँग जोडिएका गाउँ विकास समिति र नगरपालिका
बाहेकका क्षेत्रलाई जनाउँछ ।
- त्यस्तै
स्वीकृत अवकाश कोषको आयमा कर नलाग्नेः कसैले कानुनको परिधिभित्र रही तोकिएका
सर्तमा अवकाश कोष सञ्चालन गरेको छ र त्यस कोषमा प्राप्त भएको अवकाश योगदान लगानी
गरी मुनाफा आर्जन गर्दछ भने त्यस्तो आय वा मुनाफामा आयकर नलाग्ने व्यवस्था छ ।
(दफा–६४.२)
लाभांश भुक्तानीमा कर
- बासिन्दा
निकायले वितरण गरेको लाभांशमा (क) कुनै कम्पनीको सेयरवालालाई वितरण गरेमा अन्तिम
रुपमा कर कट्टीको विधिले कर लाग्छ, र (ख) अन्य निकायहरुले वितरण गरेमा कर लाग्दैन । त्यस्तै
कुनै गैरबासिन्दा निकायले कुनै बासिन्दा हिताधिकारीलाई वितरण गरेको लाभांशलाई सो
हिताधिकारीको आयको गणना गर्दा समावेश गरी कर लाग्दछ ।
- कुनै
निकायको हिताधिकारीको हितबापत प्राप्त हुने सम्पत्ति र दायित्वबाट प्राप्त खुद
लाभका आम्दानीहरुमा सो हितबापत कुनै निकायबाट गरिएको पु“जीको फिर्ता रकमसमेत समावेश गर्नुपर्दछ । तर निकायले वितरण
गरेको लाभांश भने समावेश गर्नु पर्दैन ।
बैंकिङ व्यवसायसम्बन्धी व्यवस्था
- नेपाल
राष्ट्र बैंकले तोकेको मापदण्डको अधीनमा रही बैंकिङ व्यवसाय गर्ने व्यक्तिले जोखिम
बेहोर्ने कोषमा राखेको असुल हुन बाँकी ऋण रकमको बढीमा ५ प्रतिशतसम्मको रकमलाई
खर्चका रुपमा कट्टी गर्न पाउँछ । तर
- बैंकिङ
व्यवसाय नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको अधीनमा रही जोखिम बेहोर्ने कोष खडा
गरेको हुनुपर्दछ ।
- दोस्रोमा
असुल हुन ऋणको अंशमध्येबाटै जोखिम बेहोर्ने कोषमा राखेको हुनुपर्दछ ।
- तेस्रोमा
यसरी कट्टी गरिने रकम असुल हुन बाँकी ऋणबाट खडा गरिएको कोषको पाँच प्रतिशतभन्दा
बढी हुनुहुदैन ।
(दफा ५९)
तर निम्न अवस्थामा भने त्यस्तो रकम मिनाहा हुँदैन :
- कोष कायम
रहेको अवस्थामा नउठ्ने आसामी भनी मुनाफाबाट खर्च लेखेको अवस्थामा,
- जोखिम
बेहोर्ने कोषमा राखेको रकम पुँजीकृत गरिएमा वा
- मुनाफा
वा लाभांश बाँडफाँड गरिएमा ।
- यस
व्यवस्थाको प्रयोजनका लागि बैंकिङ व्यवसाय भन्नाले प्रचलित कानुनबमोजिम बैंकिङ
कारोबार गर्न स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थालाई बुझ्नुपर्ने व्यवस्था छ
। (५९)
स्रोतमा कर कट्टीसम्बन्धी व्यवस्था (दफा–८७, ८८,
८९)
दफा–उपदफा
|
विषय÷भुक्तानी
|
कर कट्टी दर
|
अन्तिम
|
समायोजन
|
८७(१)
|
रोजगारीबापत
|
अनुसूची–१ अनुसार छुट पछि दामासाहीले
|
अन्तिम
|
धेरै
रोजगारी भएमा
|
८८(१)
|
बासिन्दा
व्यक्तिले नेपालमा स्रोत भएको ब्याज, प्राकृतिक
स्रोत, भाडा, रोयल्टी, कमिसन
वा बिक्री बोनस र अवकाश भुक्तानी
|
१५
प्रतिशत
|
अन्तिम, प्राकृतिक व्यक्तिलाई (रोयल्टी तथा
कमिसनबाहेक)
|
अन्यलाई
|
८८(१)
प्र.वाक्यांश
|
बासिन्दा
व्यक्तिले नेपालमा स्रोत भएको भाडा भुक्तानी १० प्रतिशत गरेकामा
|
प्राकृतिक
व्यक्तिलाई
|
अन्यलाई
|
|
८८(१)
प्र.वाक्यांश
|
नेपाल
सरकार वा स्वीकृत अवकाश कोषबाट भएको अवकाश लाभ भुक्तानी
|
५
प्रतिशत
|
अन्तिम
|
|
८८(१)
प्र. वाक्यांश
|
बसिन्दा
रोजगार कम्पनीले गैरबासिन्दा व्यक्तिलाई भुक्तानी गरेको कमिसन
|
५
प्रतिशत
|
अन्तिम
|
|
८८(१)
प्र. वाक्यांश
|
वायुयानको
लिज –पट्टाा) बापतको रकम
|
१०
प्रतिशत
|
अन्तिम
|
|
८८(१)
प्र. वाक्यांश
|
मूल्य
अभिवृद्धि करमा दर्ता भएको सेवाप्रदायक बासिन्दा व्यक्तिलाई भुक्तानी गरेको सेवा शुल्कमा
|
१.५
प्रतिशत
|
समायोजन
|
|
८८(२)
|
बासिन्दा
व्यक्तिले बासिन्दालाई नेपालमा स्रोत भएको लाभांश भुक्तानी
|
५
प्रतिशत
|
अन्तिम
|
|
८८(२)
|
कमोडिटी
फयुचर मार्केटअन्तर्गत व्यापार गर्ने व्यक्तिले प्राप्त गर्ने मुनाफा र लाभमा (२०६६)
|
१०
प्रतिशत
|
अन्तिम
|
समायोजन
|
८८(२)
|
बासिन्दा
व्यक्तिले गैरबासिन्दा व्यक्तिलाई नेपालमा स्रोत भएको लाभांश भुक्तानी गरेकामा
|
५
प्रतिशत
|
अन्तिम
|
|
८८(२)
|
लगानी
बिमाको लाभ भुक्तानी गर्दा भुक्तानी रकमको
|
५
प्रतिशत
|
अन्तिम
|
|
८८(२)
|
स्वीकृति
नलिएको अवकाश कोषबाट लाभ भुक्तानी गर्दा
|
लाभको
५ प्रतिशत
|
अन्तिम
|
आय विवरण
आय वर्ष समाप्त भएको तीन महिनाभित्र दाखिला गर्नुपर्छ ।
दफा–९९
अन्तर्गतको स्वयंकर निर्धारण भनिन्छ ।
दफा–९६
अन्तर्गतको आय विवरण पेस गर्दा निम्न कुराहरू खुलाई विभागद्वारा तोकिएको ढाँचा र
तरिकामा आय विवरण दाखिला गर्नुपर्दछ ।
१. प्रत्येक रोजगारी व्यवसाय वा लगानीबाट सो व्यक्तिको सो
वर्षमा भएको निर्धारणयोग्य आय र त्यस्तो आयको स्रोत,
२. सो वर्षमा सो व्यक्तिको करयोग्य आय र सो आयमा लाग्ने कर,
३. गैरबासिन्दा व्यक्तिको नेपालमा रहेको विदेशी स्थायी
संस्थापनले सो आय सो वर्षमा विदेश पठाएको आय र सो आयमा लाग्ने कर ।
आय विवरणमा स्पष्ट ढंगले उल्लेख गर्नु पर्ने कुराहरु
१. प्रत्येक रोजगारी, व्यवसाय वा लगानीबाट सो व्यक्तिको सो वर्षमा भएको
निर्धारणयोग्य आय र त्यस्तो आयको स्रोत,
२. उक्त वर्षमा सो व्यक्तिको करयोग्य आय र सो आयमा लाग्ने
कर,
३. गैरबासिन्दा व्यक्तिको नेपालमा रहेको विदेशी स्थायी
संस्थापनले सो आय वर्षमा विदेश पठाएको आय र सो आयमा लाग्ने कर,
४. कर मिलान गर्न पाउने गरी कुनै व्यक्तिले सो वर्षमा
दाखिला गरेको कर कट्टी,
५. किस्ताबन्दी वा निर्धारण गरिएको कुनै कर रकम,
६. उक्त व्यक्तिले सो वर्षमा उल्लिखित करको रकमबाट दाखिला
गरिसकेको कर घटाई हुन आउने दाखिला गर्न बाँकी करको रकम,
७. विभागले तोकेको भए अन्य कुनै सूचना तथा जानकारीसमेत
स्पष्ट देखिने गरी आय विवरण भर्नुपर्दछ ।
आय विवरणसाथ संलग्न हुनुपर्ने कुराहरू
१. आय विवरण दाखिल गरेको वर्षमा प्राप्त गरेको भुक्तानीमा
कर कट्टी भएको भए त्यस्तो अग्रिम कर कट्टी गरिएको प्रमाणपत्र,
२. आय विवरण दाखिल गरेको वर्षको कर तिरेको भए सोको प्रमाण,
३. आय सीमा रु. दुई लाख र कारोबार सीमा रु. बीस लाखभित्र
(आय वर्ष) पर्ने गरी कुनै छनोट गरिएको भए सोको प्रमाण, र
४. विभागले तोकेको अन्य कुनै प्रमाण कागज, सूचना तथा जानकारी भए त्यस्तो जानकारी ।
आय विवरण दाखिला नगरेमा लाग्ने शुल्क
- कुनै
व्यक्तिले कुनै आय वर्षको आय विवरण ऐनले तोकेको म्याद अर्थात् आउँदो वर्षको आश्विन
मसान्तभित्र वा म्याद थप भएकामा थपिएको म्यादभित्र दाखिला नगरेमा त्यस्तो व्यक्ति
वा करदातालाई प्रत्येक महिना र महिनाको भागका लागि कुनै आय वर्षको आयको गणना गर्दा
कुनै रकम कटाई पाउने भए त्यस्तो रकम नकटाई र कुनै रकम समावेश गर्नुपर्ने भए समावेश
गरी हुने निर्धारणयोग्य आयको रकमको शून्य दशमलव एक प्रतिशत प्रतिवर्षका दरले हुने
रकम वा एक सय रुपैयाँ प्रतिमहिनाका दरले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम शुल्क
लाग्दछ । (दफा–११७)
क्रमशः
- अर्थात्
ऐनको म्यादभित्र आय विवरण नबुझाएमा आय अर्थात् कर लाग्ने आयमा वार्षिक ०.१ दरले
हिसाब गर्दा आउने रकम वा वार्षिक रु. १२००। जुन बढी हुन्छ सो बराबरको रकम विलम्ब
शुल्क लाग्ने । तर पूर्वअनुमानित विवरण बुझाउनेको हकमा भने एक सय रुपैयाँ
प्रतिमहिनाका दरले शुल्क लाग्दछ (दफा–४
(४), (दफा–११७) ।
अनुमानित करको विवरण
पहिलो कर किस्ता रकम बुझाउनुपर्ने मितिभित्र सो वर्षका लागि
अनुमानित करको विवरण पेस गर्नुपर्दछ । जसमा
- रोजगारी, व्यवसाय र लगानीको प्रत्येक स्रोतबाट सो वर्षमा प्राप्त
गर्न सक्ने निर्धारणयोग्य आय तथा आयको स्रोत,
- सो वर्षमा प्राप्त हुन सक्ने करयोग्य आय र औषधि उपचार
खर्चबापत कर मिलानको रकम नघटाई हिसाब गर्दा हुन आउने वा दाखिला गर्नुपर्ने कर रकम
- गैरबासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनको
सम्बन्धमा त्यस्तो विदेशी संस्थापनले सो वर्षमा विदेश पठाएको आय रकम र त्यस्तो
आयमा गणना गर्दा दाखिला गर्नुपर्ने कर रकम समावेश गर्र्र्ने ।
- कुनै व्यक्तिले कुनै आय वर्षको आय विवरण ऐनले तोकेको
म्यादभित्र दाखिला नगरेमा प्रतिविवरण रु. २०००।– का दरले शुल्क लाग्दछ । (दफा–९५ (ख) र दफा–११७)
कर लेखांकन र समय
- प्राकृतिक
व्यक्तिले रोजगारी तथा लगानीबाट प्राप्त गरेको आय कर प्रयोजनका लागि नगद आधारमा
लेखांकन गर्नु पर्ने ।
- कम्पनीले
आफ्नो व्यवसाय तथा लगानीबाट प्राप्त आयको लेखांकन एक्रुएल आधारमा गर्नुपर्दछ ।
- कुनै
निकायले आफ्नो आम्दानी तथा खर्चलाई स्पष्ट रूपमा देखाउनका लागि लेखांकन गर्ने
तरिकामा परिवर्तन गर्न करदाताले लिखित निवेदन दिएमा विभागले लेखांकन गर्ने तरिकामा
परिवर्तन गर्न स्वीकृति दिन सक्दछ (दफा २२, २४) ।
- तर
बैंकिङ व्यवसायका सम्बन्धमा भने नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैंकिङसम्बन्धी प्रचलित कानुनका अधीनमा रही नेपाल
राष्ट्र बैंकले तोकेको लेखाङ्कनलाई
विभागले मान्यता दिन सक्ने व्यवस्था छ ।
- कर
लेखाङ्कन (दफा–२२)
सम्बन्धमा आयकर नियमावलीको नियम ८(२) बमोजिम कुनै लेखामानको व्यवस्था नभएको
अवस्थामा कुनै अन्तर्राष्ट्रिय सिद्धान्त वा प्रचलनका आधारमा विभागले तोकेको
लेखामानअनुसार गर्नुपर्दछ ।
किस्ताबन्दीमा कर दाखिला
- दाखिला गर्नुपर्ने मिति दाखिला गर्नुपर्ने रकम पुस महिनाको
अन्त्यसम्म अनुमानित करको ४० प्रतिशत रकममध्ये तिर्न बा“की कर रकम,
- चैत महिनाको अन्त्यसम्म अनुमानित करको ७० प्रतिशत रकममध्ये
तिर्न बा“की कर रकम,
- आषाढ महिनाको अन्त्यसम्म अनुमानित करको १०० प्रतिशत
रकममध्ये तिर्न बाँकी कर रकम ।
करको दरः प्राकृतिक व्यक्तिका लागि, एकल
करयोग्य
आय
|
करको दर
|
करको रकम (रु.)
|
रु.
१,६०,०००। सम्म कर नलाग्ने,
|
शून्य
(रोजगारीबाटप्राप्त आय भए १ प्रतिशत)
|
|
रु.
१,६०,०००। भन्दा बढी रु. २६०,०००।
सम्म
|
१५ प्रतिशत
|
|
रु.
२,६०,०००। भन्दा बढीको १५०००। +थप आयमा
|
२५ प्रतिशत
|
करको दरः प्राकृतिक व्यक्तिका लागि, दम्पत्ति
करयोग्य
आय
|
करको दर
|
करको रकम (रु.)
|
रु. २०००००। सम्म कर नलाग्ने,
|
शून्य
(रोजगारीबाट प्राप्त आय भए १ प्रतिशत)
|
|
रु. २०००००। भन्दा बढी रु.२०००००। सम्म
|
१५ प्रतिशत
|
|
रु.३००००। भन्दा बढीको १५०००। + थप आयमा
|
२५ प्रतिशत
|
निकायका लागि करको दर
१. अन्यथा व्यवस्था बाहेक कुनै आय वर्षको करयोग्य आयमा
|
२५ %
|
२. सुर्तिजन्य वा मदिराजन्य व्यबसयाय,बैंक वित्तीय संस्था सामान्य बिमा व्यवसाय गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायमो करयोग्य आयमा
|
३० %
|
३.औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा–३ मा वर्गीकरण गरिएका उत्पादनमूलक उद्योगहरू) सञ्चालनमा संलग्न रहेर भएको
करयोग्य आयमा
|
२० %
|
४.सहकारी ऐन, २०४८ बमोजिम
दर्ता भई कर छुट कारोबार गर्नेबाहेकका सहकारीको आयमा
|
२० %
|
५.नेपालको स्रोतबाट कुनै सडक, पुल,
टनेल, रोपवे वा आकाशे पुल
निर्माण गरी सञ्चालन गरी वा कुनै ट्रलीबस वा ट्राम सञ्चालन गरीभएको आयमा
|
२० %
|
६.सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी
नेपाल सरकारलाई हस्तान्तरण गर्ने जस्ता आयोजनाहरू र विद्युत् गृह निर्माण, उत्पादन र प्रसारण गरेमा त्यस्तो निकायको करयोग्य आयमा
|
२० %
|
७.गैरबासिन्दा व्यक्तिको नेपालस्थित स्थायीसंस्थापनले
विदेश पठाएकोआयमा
|
५ %
|
८.नेपालको स्रोतबाट कुनै आय वर्षमा निकासीबाट प्राप्त
आयमा
|
२० %
|
९.नेपालमा जलयात्रा, हवाई यातायात
वा दूरसञ्चार सेवा उपलब्ध गराउने गैरबासिन्दाको करयोग्य आयमा
|
२ %
|
१०.कुनै आय वर्षमा कुनै गैरबासिन्दा व्यक्तिको नेपालस्थित
विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा
|
५ %
|
शुल्क लाग्ने अवस्था
- आवश्यक
कागजात नराखेमा शुल्क लाग्ने अवस्था,
- कुनै
वर्षको आय विवरण पेस नगरेमा शुल्क लाग्ने,
- कुनै
वर्षको अनुमानित आय विवरण पेस नगरेमा शुल्क लाग्ने,
- कट्टी
गरिएको करको विवरण दाखिला वा पेस नगरेमा शुल्क लाग्ने,
- झुट्टा
वा भ्रमपूर्ण विवरण दाखिल गरेमा शुल्क लाग्ने,
- मतियारलाई
शुल्क लाग्ने ।
ब्याज लाग्ने अवस्था
- किस्ताबन्दी
करदाखिला नगरेमा वा कम दखलगरेमा सामान्य दरमा
- समयमा कर
नबुझाएमा सामान्य दरमा ब्याज लाग्ने ।
कागजात नराखेमा (दफा–११७)
- निर्धारणयोग्य
आयको रकमको शून्य दशमलव एक प्रतिशत प्रतिवर्षका दरले हुने रकम वा एक हजार रुपैया
प्रतिवर्षका दरले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्ने ।
कुनै वर्षको आय विवरण पेस नगरेमा (दफा–११७)
- प्रत्येक
महिना र महिनाको भागका लागि कुनै आय वर्षको आयको गणना गर्दा कुनै रकम कटाई पाउने
भए सो नकटाई र कुनै रकम समावेश गर्नुपर्ने भए सो समावेश गरी हुने निर्धारणयोग्य
आयको रकमको शून्य दशमलव एक प्रतिशत प्रतिवर्षका दरले हुने रकम वा एक सय रुपैया
प्रतिमहिनाका दरले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्ने ।
कट्टी गरिएको करको विवरण दाखिला नगरेमा
- शुल्कः
अग्रिम कर कट्टी गर्ने कुनै एजेन्ट वा व्यक्तिले माथि भनिएझैं कट्टी गरिएको करको
विवरण दाखिला नगरेमा वा पेस नगरेमा त्यस्तो एजेन्टलाई विवरण पेस गर्नुपर्ने
मितिबाट यस्तो विवरण दाखिला नभएको मितिसम्मको प्रत्येक महिना र महिनाको भागका लागि
अग्रिम कर कट्टी गर्नुपर्ने कर रकमको वार्षिक डेढ प्रतिशतका दरले हुने रकम शुल्क
लाग्ने ।
किस्ताबन्दीमा अनुमानित कर कम बुझाएमा (११८)।
- कम भएको
रकममा सामान्य दरमा ब्याज लाग्ने ।
- कर रकम
निर्धारण भई कर बुझाउनुपर्ने मितिसम्म पनि दाखिला नगरेमा किस्ता बुझाउनुपर्ने
मितिदेखि कर बुझाउनुपर्ने मितिसम्मको प्रत्येक महिना र महिनाको भागको सामान्य १०
प्रतिशतले ब्याज लाग्ने ।
जरिवानाबमोजिम शुल्क लाग्ने व्यवस्था (दफा–११९क)
- आयकर ऐन
तथा आयकर नियमावलीको व्यवस्थाको पालना नगर्ने व्यक्तिलाई कर अधिकृतले दफा १२८ ले
तोकेको जरिवानासरह शुल्क लगाउन सक्ने । शुल्क रु.५ हजारदेखि ३० हजारसम्म लाउन
सक्ने ।
आर्थिक अध्यादेश २०६७ ले गरेका परिवर्तन
कुनै प्राकृतिक व्यक्तिको तीस लाख रुपैया भन्दा कम मूल्यमा
निसर्ग गरेको जग्गा, घरजग्गा तथा निजी भवन, वा स्पष्टीकरणः यस उपखण्डको प्रयोजनको लागि “निजी भवन” भन्नाले भवन र भवनले चर्चेको क्षेत्रफल बराबरको जग्गा वा एक
रोपनी जग्गा मध्ये जुन घटी हुन्छ सो लाई बुझाउनेछ ।(पहिले रु.५० लाख) (आयकर ऐन
२०५८ ,
दफा २(१–४) ।
- अतिअविकसित, अविकसित, अल्पविकसित क्षेत्रहरूमा विशेष उद्योग सञ्चालन भएको भए
त्यस्ता उद्योग सञ्चालन भएको आय वर्ष समेत दश आयवर्षका लागि सो वर्षहरूको आयमा
लाग्ने करको क्रमशः दश, बीस र तीस प्रतिशत । आयकर ऐन २०५८, दफा ११.३(क र ख) मा संशोधन) ।
- ३ङ)
उत्पादनमुलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरेमा प्राप्त आयमा लाग्ने करको
दरमा पच्चीस प्रतिशतले छुट हुनेछ । (आयकर ऐन २०५८, दफा १३ मा थप)
- ३च)सडक, पुल, विमानस्थल, सुरुङ
मार्ग निर्माण र सञ्चालन गरेमा वा ट्राम, ट्रलीवसमा लगानी गरी संचालन गरेमा सोबाट प्राप्त आयमा
लाग्ने करको दरमा चालीस प्रतिशतले छुट हुनेछ ।
- (३छ)
धितोपत्र बजारमा सूचिकृत भएका उत्पादनमुलक, पर्यटन सेवा, जलविद्युत उत्पादन, वितरण तथा ट्रान्समिसन गर्ने निकायहरुलाई लाग्ने करमा दश
प्रतिशतले छुट हुने ।
- (३ज)अति
अविकसित क्षेत्रमा स्थापित फलपूmलमा आधारित ब्राण्डी, साइडर एवम् वाइन उत्पादन गर्ने उद्योगलाई कारोबार सुरु गरेको मितिले दश
वर्षसम्म चालीस प्रतिशत आयकर छुट हुने ।
- (३झ)कुनै
व्यक्तिले बौद्धिक सम्पत्ती निर्यात वापत प्राप्त रोयल्टी आयमा लाग्ने आय करको
दरमा पच्चीस प्रतिशतले छुट हुने ।
- (३ञ)कुनै
व्यक्तिले वौद्धिक सम्पत्तीको हस्तान्तरणद्वारा विक्री गरी प्राप्त गरेको आयमा
लाग्ने आयकरको दरमा पचास प्रतिशतले छुट हुने ।
- १०. साना
करदातालाई विशेष छुट ः (१) वार्षिक रु् २० लाखसम्म कारोवार र रु.२ लाखसम्म आय
आर्जन गर्ने साना करदाताले आर्थिक वर्ष २०६५÷०६६ को आयकरको तल लेखिएको रकम ०६७ पुस मसान्त भित्रमा
बुझाएमा वाँकी ुझाउनुपर्ने कर, शुल्क, व्याज तथा जरिवाना मिन्हा हुने :
- ११. करको
दरका संशोधन
- (क)
महानगरपालिका तथा उपमहानगरपालिका भित्रकाले रु.३५००,
- (ख)
नगरपालिका भित्रकाले रु.२०००। (ग) अन्य क्षेत्रकाले रु.१०००।
(२) उल्लेख भए भन्दा वढी बुझाएको आयकर रकम पछिल्ला आर्थिक
वर्षहरुमा हिसाव मिलान गर्न सकिने ।
- ऐनको दफा
४ को उपदफा (४), अनुसुचि
१, बमोजिम
करको रकम देहाय बमोजिम हुनेछ ः—
- (क)
महानगरपालिका वा उप— महानगरपालिका क्षेत्रमा ब्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा तीन हजार पाँच
सय रुपैयाँ, (ख)
नगरपालिका क्षेत्रमा ब्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा दुई हजार रुपैयाँ,
- (ग) अन्य
कुनै स्थानमा ब्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा एक हजार दुइ सय पचास रुपैयाँ
।
- १२.
वार्षक रु २५ लाख भन्दा बढी आय हुने प्राकृतिक व्यक्ति तथा दम्पतिको आयमा लागेको
करको थप ४० प्रतिशत अतिरिक्त कर लाग्ने । अनुसूचि १ (४) घ
- ४७क.
व्यवसाय गाभिएको कारणले हुने निसर्ग सम्बन्धी बिशेष ब्यबस्था : (१) बैकिङ्ग तथा
वित्तीय व्यवसाय वा वीमा व्यवसाय गर्ने एकै प्रकृतिको निकायहरु आपसमा गाभिएर
(मर्जर वा एक्युजिशन) भएमा दफा ५७ को उपदफा (२)मा रहेको नियन्त्रण सम्बन्धि
व्यबस्था लागु हुंदेन । तर, गाभिएर अस्तित्वमा नरहेको निकायको कुनै कट्टी हुन नसकेको नोक्सानी भए त्यस्तो
नोक्सानी दामासाहीले आगामी सात वर्षमा कट्टी गर्नु पर्नेछ । यसरी समान किस्तामा
नोक्सानी कट्टी गर्ने निकाय सो पुरै नोक्सानी कट्टी नगर्दै पुनः विभाजन भएमा कट्टी
भएको नोक्सानी बापत कट्टी भएको रकममा गाभिएको आर्थिक बर्षमा कायम रहेको करको
दरले कर तिर्नु पर्नेछ । ।(आयकर ऐन २०५८ को दफा ४७क मा थप)
- बैकिङ्ग
तथा वित्तीय व्यवसाय वा वीमा व्यवसाय गर्नेे एकै प्रकृतिको निकायहरु आपसमा गाभिएर
(मर्जर वा एक्युजिशन सम्बन्धी व्यबस्था थप