दफा
|
२०७२/७३
|
२०७३/७४
|
दफा ११ (३छ)
|
पुरानो ब्यबस्था
|
नयाँ ब्यबस्था
|
धितोपत्र बजारमा सूचिकृत भएका उत्पादनमूलक, पर्यटन सेवा, जलविद्युत उत्पादन, वितरण तथा ट्रान्समिसन गर्ने र
दफा ११ को उपदफा (३ग) मा उल्लेख भएका निकायहरुलाई लाग्ने करमा १०% ले छूट हुनेछ ।
|
धितोपत्र बजारमा सूचिकृत भएका उत्पादनमुलक, पर्यटन सेवा, जलविद्युत उत्पादन, वितरण तथा ट्रान्समिसन गर्ने र
दफा ११ को उपदफा (३ग) मा उल्लेख भएका निकायहरुलाई लाग्ने करमा १५% प्रतिशतले छुट हुनेछ
।
|
|
दफा ११ अन्तर्गतको स्पष्टिकरण
|
पुरानो ब्यबस्थाः
|
नयाँ ब्यबस्थाः
|
“विशेष उद्योग” भन्नाले चुरोट, बिंडी, सिगार, खानेसूर्ति, खैनी,
मुख्य कच्चा पदार्थ सूर्ति भएको सोही प्रकृतिका अन्य उत्पादनहरु,
मदिरा, वियर तथा यस्तै प्रकारका वस्तु
उत्पादन गर्ने उद्योगबाहेक औद्योगिक व्यवसाय ऐन, २०४९ को
दफा ३ मा वर्गीकरण गरिएका उत्पादनमूलक उद्योग सम्झनु पर्छ ।
|
“विशेष उद्योग” भन्नाले चुरोट, बिंडी, सिगार, खानेसूर्ति, खैनी, गुट्का, पान मसला,
मुख्य कच्चा पदार्थ सूर्ति भएको सोही प्रकृतिका अन्य उत्पादनहरु,
मदिरा, वियर तथा यस्तै प्रकारका वस्तु
उत्पादन गर्ने उद्योगबाहेक औद्योगिक व्यवसाय ऐन, २०४९ को
दफा ३ मा वर्गीकरण गरिएका उत्पादनमूलक कृषि तथा वनजन्य र खनिजउद्योग सम्झनु पर्छ ।
|
|
दफा ११ख
|
पुरानो ब्यबस्थाः
|
नयाँ ब्यबस्थाः
|
राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत: राष्ट्रिय
महत्वका जलविद्युत आयोजना,
अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा
सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना तथा ३०० जनाभन्दा
बढी स्वदेशी कामदारलाई रोजगारी दिने र ५०% भन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग
गर्ने उत्पादनशील उद्योग (चुरोट, मदिरा र वियर उद्योग
बाहेक) मा सम्वत् २०७५ साल चैत मसान्तसम्म गरेको लगानीको आयस्रोत खोजिने छैन ।
|
राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुलियत: राष्ट्रिय
महत्वका जलविद्युत आयोजना,
अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा
सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना तथा ३०० जनाभन्दा
बढी स्वदेशी कामदारलाई रोजगारी दिने र ५०% भन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग
गर्ने उत्पादनशील उद्योग (चुरोट, विंडी, सिगार, खाने सुर्ती, खैनी, गुट्का, पान मसला,
मदिरा र वियर उद्योग बाहेक) मा सम्वत् २०७५ साल चैत मसान्तसम्म
गरेको लगानीको आयस्रोत खोजिने छैन ।
|
|
दफा ८८(१)(७)
|
पुरानो ब्यबस्था
|
नयाँ ब्यबस्था
|
नभएको ।
|
वासिन्दा ब्यक्तिले भूउपग्रह, ब्याण्डविथ, अप्टिकल फाइवर,
दुरसंचार सम्बन्धी उपकरण वा बिद्युत प्रशारण लाइन प्रयोग गरे
वापतको भुक्तानीमा दश प्रतिशतका दरले श्रोतमा कर कट्टि गर्नु पर्नेछ ।
|
|
दफा ९२ १(क)
|
पुरानो ब्यबस्था
|
नयाँ ब्यबस्था
|
अन्तिम रुपमा कर कटृी हुने भुक्तानी : (१) देहायका भुक्तानीलाई
अन्तिम रुपमा कर कटृी हुने भुक्तानी मानिनेछ:
क) बासिन्दा कम्पनीले भुक्तानी गरेको लाभांश । |
अन्तिम रुपमा कर कटृी हुने भुक्तानी : (१) देहायका भुक्तानीलाई
अन्तिम रुपमा कर कटृी हुने भुक्तानी मानिनेछ:
क) बासिन्दा कम्पनी वा साझेदारी फर्मले भुक्तानी गरेको लाभांश । |
|
दफा ९५क
|
पुरानो ब्यबस्था
|
नयाँ ब्यबस्था
|
(३) कुनै प्राकृतिक व्यक्तिको
जग्गा वा निजी भवन निःसर्ग बापत भएको पूँजीगत लाभमा मालपोत कार्यालयले
रजिस्ट्रेशनका वखत देहाय बमोजिम अग्रीम कर असुल गर्नु पर्नेछ:
(क) निःसर्ग भएको गैर व्यवसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन) को स्वामित्व पाँच वर्ष वा सोभन्दा बढी भएको छ भने दुई दशमलब पाँच प्रतिशतका दरले, (ख) निःसर्ग भएको गैर व्यवसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन) को स्वमित्व पाँच वर्षभन्दा कम भएको छ भने पाँच प्रतिशतका दरले ।तर सामुहिक लगानी कोष (म्युच्यूअल फण्ड) द्वारा लगानी गरिएको हितको निःसर्गको हकमा भने यो उपदफा लागू हुने छैन । |
(३)
उपदफा (२) को खण्ड (ख) बमोजिमको हित निःसर्ग भई कम्पनी
रजिष्ट्रार कार्यालयले शेयर अभिलेखीकरण गर्दा लाभ रकममा अग्रिम कर दाखिला भएको
प्रमाण पेश भएपछि मात्र अभिलेखीकरण गर्नु पर्नेछ ।
(४) उपदफा (२) मा माथि जुनसुकै कुरा लेखिएको भए तापनि सामुहिक लगानी कोष (म्युचुअल फण्ड) द्वारा लगानी गरिएको हितको निःसर्गको हकमा अग्रिम कर असुल गरिने छैन । (६) उपदफा (५) मा लेखिएदेखि बाहेक अन्य कुनै ब्यक्तिको स्वामित्वको जग्गा वा भवन निःसर्ग वापत भएको लाभमा मालपोत कार्यालयले रजिष्ट्रेशनका वखत दश प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ । |
|
दफा ११९क.
|
पुरानो ब्यबस्था
|
नयाँ ब्यबस्था
|
शुल्क लाग्ने: यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक यो ऐन वा यस
ऐन अन्तर्गत वनेको नियमको कुनै व्यवस्थाको पालना नगर्ने व्यक्तिलाई दफा १२८ बमोजिम तोकिएको जरिवाना
सरहको शुल्क लाग्ने छ ।
|
शुल्क लाग्ने: यस ऐनमा अन्यथा व्यबस्था गरिएकोमा बाहेक यो ऐन वा यस
ऐन अन्र्तगत बनेको नियमको कुनै व्यबस्थाको पालना नगर्ने व्यक्तिलाई रु ५,०००/- देखि रु ५०,०००/- सम्म
शुल्क लाग्ने छ ।”
|
|
दफा १२७
|
पुरानो ब्यबस्था
|
नयाँ ब्यबस्था
|
मतियारलाई हुने सजाय: यस ऐन बमोजिम कुनै कसूर गर्न कुनै व्यक्तिलाई
जानीजानी मद्दत गर्ने वा त्यस्तो कसूर गर्न सल्लाह दिने वा दुरुत्साहन गर्ने
व्यक्तिलाई कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ । तर यस्तो मतियार सरकारी
कर्मचारी भएमा कसुरदारलाई हुने सजाय बराबर सजाय हुनेछ ।
|
मतियारलाई हुने सजाय: यस ऐन बमोजिम कुनै कसूर गर्न कुनै व्यक्तिलाई
जानीजानी मद्दत गर्ने वा त्यस्तो कसूर गर्न सल्लाह दिने वा दुरुत्साहन वा झुट्टा वित्तीय वा कर लेखा
प्रमाणित गर्ने वा गलत परामर्श दिने गर्ने व्यक्तिलाई कसूरदारलाई हुने
सजायको आधा सजाय हुनेछ । तर यस्तो मतियार सरकारी कर्मचारी भएमा कसुरदारलाई हुने
सजाय बराबर सजाय हुनेछ ।
|
|
अनुसुचि १
|
पुरानो ब्यबस्था
|
नयाँ ब्यबस्था
|
एकल
२,५०,०००/- @ १%
१,००,०००/- @ १५%
२०,००,०००/- @ २५ %
५०,००,०००/- भन्दा बढी @ ३५%
|
एकल
३,५०,०००/- @ १%
१,००,०००/- @ १५%
२०,००,०००/- @ २५ %
५०,००,०००/- भन्दा बढी @ ३५%
|
|
दम्पति
३,००,०००/- @ १%
१,००,०००/- @ १५%
२०,००,०००/- @ २५ %
५०,००,०००/- भन्दा बढी @ ३५%
|
दम्पति
४,००,०००/- @ १%
१,००,०००/- @ १५%
२०,००,०००/- @ २५ %
५०,००,०००/- भन्दा बढी @ ३५%
|
|
नोट : एकलौटी दर्ताभएको करदाताको हकमा र निबृत्तभरण बापतको आयमा १%
करको स्थानमा ०% कर मात्र लाग्छ ।
|
||
अनुसुची १ को दफा १७
|
पुरानो ब्यबस्था
|
नयाँ ब्यबस्था
|
ऐनको दफा ४ को उपदफा (४क) बमोजिम कारोबार रकममा निम्न बमोजिमको
दरले कर लाग्नेछ:
|
ऐनको दफा ४ को उपदफा (४क) बमोजिम कारोबार रकममा निम्न बमोजिमको
दरले कर लाग्नेछ:
|
|
(क) ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोबार
गर्ने व्यक्तिलाई कारोबार रकमको शून्य दशमलब पाँच प्रतिशत
|
(क) ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोबार
गर्ने व्यक्तिलाई कारोबार रकमको शून्य दशमलब पच्चिस प्रतिशत
|
|
(ख) खण्ड (क) मा उल्लिखित
व्यवसाय वाहेकको व्यवसाय गर्ने व्यक्तिको कारोबार रकमको एक दशमलब पाँच प्रतिशत
|
(ख) खण्ड (क) मा उल्लिखित
व्यवसाय वाहेकको व्यवसाय गर्ने व्यक्तिको कारोबार रकमको शून्य दशमलब पचहत्तर प्रतिशत
|
|
(ग) सेवा व्यवसाय गर्ने व्यक्तिको कारोबार रकमको दुई प्रतिशत ।
|
(ग) सेवा व्यवसाय गर्ने व्यक्तिको कारोबार रकमको दुई प्रतिशत ।
|
२०७३/७४ - आर्थिक विधेयकमा परिबर्तन
7:02 PM
0