प्रथमिक्ता देशलार्इ

0

 

 यदि हामी आफ्नो प्रतिष्ठाको लागि, आफै लड्न तयार हुदैनौ भने, हामीलाइ स्वतन्त्र हुने अधिकार छैन ।

► देशको सेवा गर्नु पाउनु त्याग हैन, गर्वको कुरा हो ।
► के तपार्इ अव ऑउने दसकहरू, वितेका दशकहरू जस्तो देख्न चहानुहुन्छ ?
► चरीत्र बिकस, जन्मदेखी हैन, जन्म हुन सयौ वर्ष अधि देखि सुरू हुन्छ ।
► दृष्टिविहन हुनुभन्दा नराम्रो के हुन सक्छ ?.....तर परीकल्पना र सपना विनाको दृष्टि, दृष्टिविहन हुनु भन्दा पनि नराम्रो हो ।
► ऑजको समस्याको जड, हिजोको समाधानमा दुरदर्शीताको कमी हो ।
केही मानिसहरू, रचनात्मक अलोचना र उपायमा भन्दा खोक्रो प्रशन्सामा कुहिन तयार छन ।

शिक्षा के हो ?
► शिक्षितहरु सही गलत को बीच फर्क बताउन सक्छ ।
► शिक्षितहरुलाइ नेतृत्व दिन सजिलो छ तर दास बनाउन गार्हो हुन्छ ।
► प्रजातन्त्र, लोकतन्त्र,र गणतन्त्रमा गुणात्मक मत भन्दा संख्यात्मक मत महत्वपुर्ण हुन्छ, त्यसैले जति समाज शिक्षित हुदै जान्छ त्यति नै मुलांकन गर्ने र सहि बिकल्प रोज्ने शक्ति बर्दी जान्छ, र समाज बिकशित हुदै जान्छ, त्येसैले शिक्षा महत्वपुर्ण छ ।

न्याय के हो ?
► न्याय, सत्यको सक्रियता हो ।
► जनतालाइ सहायता र उदारता हैन, न्याय चाहिएको छ ।
► जसरी गरिबी र भुक्मारी ले अपराध बढाउछ त्यसरी नै अपराध ले भुक्मारी र गरिबी बढाउछ ।
► दोषी अदण्डित छोड्नु भनेको निर्दोषलाइ अत्याचार गर्नु हो ।
► न्यायको अभावले, कानुनप्रतिको आस्था गुमौछ ।
► न्यायहिन राष्ट्रले पीडाहरु निम्त्यौछ र भ्रस्ट समाजमा स्वतन्त्रताको अस्तित्व हुदैन ।
► भ्रस्ट समाजमा, कानुनी काम गर्न गैरकानुनी बाटोमा हिड्नु पर्ने हुन्छ ।
► यस देशको, कारागारमा रहेका ५०% भन्दा धेरै मान्छेहरु, बर्षौ देखि फैसलाको प्रतिक्ष्यमा बसिरहेका छन, कारागार बाहिर पनि धेरै संख्यामा कानुनको मुख ताकेर बसिरहेको पनि तथ्यानै हो, ति मानिसहरु मध्ये कति निर्दोष पनि होलान, उनीहरुलाइ जस्तो तपाइलाई पनि हुनसक्छ, मलाईपनि हुनसक्छ, र यदि तपाईहामी ति मानिस भयौं भने, के हामी, हाम्रो लागि कोहि बोलिदेओश्, उभिदेओश् जस्तो लाग्दैन ? यदि हो भने, हामी पनि उनीहरुको लागि उभिन जरुरि छ ।
► नाराहरु लगाउदैमा देश महान हुदैन, देश महान बनाउन, जनता महान हुनपर्छ, महान कार्य गर्नु पर्छ । किनभने यदि न्यायमुर्तिको आँखासंगै कान पनि बन्द हुन्छ भने बिद्रोह गर्नु , आन्दोलन गर्नु र नारा लगाउनु व्यर्थ हुँदो रहेछ ।
► यदि रक्षक नै भक्षक हुन्छ भने आम जनताले के गर्छ ?उनिहरुसंग के विकल्प हुन्छ र ?
► त्यसैले हामीले अपराधको साझेदार र अपराधको शिकारको फरक छुटाउनु पर्छ ।
यदि तपाईले सडकबाट, मृत्युको संघारमा बसेको मान्छेलाइ बचाउन, अस्पताल लाग्दा, बिना घुस कुनै कार्य हुदैन भने, तपाई उसलाई बचाउन के गर्नु हुन्छ? घुस खुवाउनु हुन्छ? सिधान्तले घुस दिन हुदैन भन्छ, तर प्रस्न यो हो कि, के त्यो मान्छेलाइ मृत्युको संघारमा छोड्नु हुन्छ? त्यस्तो परिस्थितिमा, म कुनैपनि बेलामा घुस दिन तयार हुन्छु, कानुनीरुपमा मा अपराधी हुन्छु तर मानवताको हिसाबले म ज्यान बाचाउदैछु, त्यसैले यो परिस्थितिमा घुस माग्ने "अपराधको साझेदार" हो र घुस दिने म "अपराधको शिकार" हुँ ।

► नेपालमा अधिकांस जनताहरु "अपराधको साझेदार" हैन ,"अपराधको शिकार" भएका छन जब जनताहरुलाइ शक्तिमा रहेकाहरुले थिचोमिछो गर्न थाल्छ, त्यसलाई संगठित अपराध भनिन्छ। यदि इतिहासलाइ पल्टाएर हेर्ने हो भने, नेपालका अमर सहिदहरुले, क्रान्तिको लागि जीवनभर तत्कालिन सरकारको कानुनहरु उलंघन गरेका थिए, कानुन उलंघनको हिसाबले हेर्ने हो भने उनीहरु अपराधी थिए, तर यो माटोको कानुन भन्दा माथि मानवताको कानुन माथि छ ।


To be Contd......

Translated for Nepal by : Chhitiz Kiran Shrestha
Source : Country First by Shiv Khera

Post a Comment

0Comments
Post a Comment (0)